गेस्ट हाउसबाट ६ बालिकाको उद्धार, सञ्चालकसहित २ जना पक्राउ

२०८१ श्रावण ४ गते, शुक्रबार


काठमाडौँ। काठमाडौँको कोटेश्वरस्थित एक गेस्ट हाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका कर्मचारीले गेस्ट हाउसबाट उनीहरूलाई गएराति उद्धार गरेका हुन्।
रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एन्ड गेस्ट हाउसमा बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाईफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्युरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए।
गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र काठमाडौँको कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई नियन्त्रणमा लिइएको उनले बताए। – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

‘भैयादुज’ पर्व मनाइँदै

२०८२ कार्तिक ७ गते, बिहीबार

गुडिरहेको यात्रुवाहक बसमा आगलागी !

२०८२ कार्तिक ६ गते, बुधबार

आज म्ह: पूजा

२०८२ कार्तिक ६ गते, बुधबार