मीटर ब्याजका नाईके मुनिर खानको जग्गा कब्जा गरी मास खेति !

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी कैलालीले मीटर ब्याजका नाईके शेख मुनिर खान अहमेदको जग्गा कब्जा गरी मास छरेको छ । आत्म निर्भर पार्टी र आत्म निर्भर कार्यकर्ता बनाउन देश ब्यापी रुपमा श्रमसंग जोडीएको नेकपा कैलालीले मीटर ब्याजका नाईके शेख मुनीर खान महोम्मदले ठगी गरी लिएको १० कट्टा जमीनमा मास छरेको हो ।
कैलालीको धनगढी उप महानगरपालीका वडा नम्बर ७ देवहरीयाका भोज बहादुर विकको १० कट्टा जमीन ठगी गरी लिएका शेख मुनीर खान अहमदको उक्त जमीन नेकपाले कब्जा गरी मास छरेको हो । यस अघि गत बर्ष नेकपा कैलालीले उक्त जमीनमा धान रोपेको थियो । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य देव सीको नेतृत्वमा आईतबार पार्टीको झण्डा गाडेर मास छरिएको हो ।
उनले पार्टीले केलालीमा ६ विगाहमा धान खेती गरेको बताउँदै धनगढीमा दालका लागी मास छरिएको बताए । अन्य क्षेत्रमा भाडामा जमीन लिएर रोपाई गरिएको बताउँदै उनले धनगढीमा मीटर ब्याजका नाईके शेख मुनीर खान अहमदले ठगी गरेको जमीन कब्जा गरी मास छरेको बताए । उनले पार्टीको न्याय विभागमा परेको उजुरीको आधारमा पटक पटक सच्चिने मौका दिँदा पनि जनतालाई दु:ख दिने काम गरेकाले गत बर्ष देखि उक्त जमीन कब्जा गरिएको बताए ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका कैलाली जिल्ल सचिव सरोज सीले लामो समय देखि कैलालीका सर्वसाधारणलाई मीटर ब्याजमा फसाउँदै घर न घाटको अवस्थामा पुर्याउने मीटर ब्याजका नाईके मुनिर खानले सर्बसाधारणलाई दुख दिने कार्य गर्दै आएको उजुरीका आधारमा कारबाही स्वरुप एक बर्ष अगाडी देखि जग्गा कब्जा गरिएको बताउँदै त्यसैको निरन्तरतामा झण्डा गाडीएको बताए । उनले लामो समय देखि खानलाई सुध्रिने मौका दिँदा पनि नसुध्रिएकाले कब्जा जगा कब्जामै रहने बताए । सयौं जनतालाई घरवारविहीन बनाएर कैयौंलाई आत्महत्या गर्न बाध्य पार्ने तथा कैयौंलाई बेपत्ता हुन बाध्य बनाउने कुख्यात मिटरव्याजी शेख मुनिर अहमदले धेरैको जग्गा हडप्ने काम गरेको बताए । उनले कब्जा गरिएको उक्त जमीनको स्वामित्व पनि पीडित जनतामै रहने जानकारी गराए ।
जिल्ला सचिव सरोज सिले कब्जा जमीनमा पहिले धान रोपाई गरेको बताउँदै अहिले मास छरेको बताए । उनले उक्त जमीनमा पार्टी कार्यालय समेत निर्माण गरिने बताए । उनले जनताले पार्टीलाई सहयोग गरेको बताउँदै उत्पादन कार्यलाई महत्वकासाथ लिएर उत्साहका साथ पार्टीका नेता कार्यकर्ता श्रममा जुटेको बताए । उनले लामो समय देखि कैलालीका सर्वसाधारण नागरिकहरुको जमीन पास बन्धकीको नाममा कब्जा गर्दै आएका खानको जग्गा कब्जा गरिए पछि पीडित पक्ष खुसी भएका छन ।
मीटर ब्याज पीडीत धनगढी उपमहानगरपालकिा वडा नम्बर ७ देबहरीयाका भोजराज विश्वकर्माले खानकै कारण आफुले आत्म हत्या गर्न समेत पुगेको बताए । उनले नेपाल कम्युनिष्ट पार्टीले साथ दिएको बताउँदै अहिले सम्म बाँच्न सफल भएको बताए । पैतिस लाख कर्जा थियो, त्यही कर्जा तिर्न र व्यापार गर्न भनेर ११ कट्टा जमीन धितो राख्न खोजे तर कारोबार नहुँदा धितो पाईन उनले भने ।
शेख मुनिर खानले ६ लाखमा धितो राखेको पूर्जा ६ लाख साँवा र १८ हजार ब्याज चुक्ता गरेर प्रलोभनमा पारेको बताउदै उनले ८० लाखको कागजमा हस्ताक्षर गराएर करोडौको १० कट्टा जमीन कब्जा गरेको बताए । उनले एक सुको पनि नपाएको बताउँदै धनगढीको चौराहमा रहेको बागेश्वरीमा ५ लाखमा दृष्टिबन्धक राखिएको लालपूर्जा ६ लाख १८ हजार तिरेर आफैले कुम्ल्याएको बताए ।
नत जग्गा पाए नत पैसा उनले भाव विह्वल हुँदै भने । त्यसैगरी उनकी श्रीमती आरती देबी विश्वकर्माले जमीन लुट्को बताउदै धम्की दिने गरेको बताईन । खानले कैलालीका कैयौ सर्बसाधारणलाई घर न घाटको बनाएका छन । खान विरुद्ध नेकपाको न्याय विभागमा उजुरी दिन आउने पीडितहरुले कारबाहीको माग गर्दै बाँच्ने आधार बनाई दिन आग्रह गर्ने गरेको नेकपाका कैलाली सचिव सरोज सिले बताए।-धिरज प्रपाला