पूर्व राज्यमन्त्री रायको हत्या

२०८१ श्रावण ७ गते, सोमबार


काठमाडौँ । पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । उनको सर्लाही चन्द्रनगर गाउँपालिका वडा नं. १ स्थित घरमा हत्या भएको हो ।
सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको जानकारी दिए ।
८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए । उनको हत्या भएको थाहा पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज देशभर वर्षाको सम्भावना

२०८२ भाद्र ३० गते, सोमबार

आज राष्ट्रिय बाल दिवस

२०८२ भाद्र २९ गते, आईतवार

आजको मौसम पूर्वानुमान

२०८२ भाद्र २९ गते, आईतवार

जितिया पर्व: आज ‘ओगटन’ मनाइँदै

२०८२ भाद्र २८ गते, शनिबार