तानसेन-बुटवल सडक खण्ड : रातिको समयमा सवारी आवागमनमा रोक !

काठमाडौँ । जिल्ला प्रशासन कार्यलयले सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि तानसेन-बुटवल सडक खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाएको छ ।
सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डको हिउँदे खोला नजिक सडक भासिएपछि रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको हो । पानी पर्नासाथ सडक भासिन थालेपछि बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म दैनिक ११ घण्टा सवारी आवागमनमा रोक लगाइएको हो।
गत आइतबार बेलुकादेखि सडक भासिन थालेपछि सवारी आवगमनमा हुँदै आएको छ । सो क्षेत्रमा झन्डै ५० मिटर लम्बाईमा र बाटो मुनी दुई मिटर बढी सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिए।
कमजोर भूगोल भएका कारण बाटोमुनीको भागबाट दैनिक रुपमा सडक भासिने क्रम रहेको हुँदा एकतफी रुपमा सवारी संचालन गर्नसमेत समस्या हुादै आएको उनले बताए । सडक भासिएर राजमार्ग पूर्ण रुपमा सञ्चालन हुन नसक्दा पाल्पा बुटवलसंगै सुनौली पोखरा र गुल्मी, अर्घाखाँची, बाग्लुङसम्मको यात्रा गर्ने यात्रुले सास्ती खेप्नुपर्ने बाध्यता रहेको छ ।