युवा संगठनद्वारा बाढी, पहिराे, बस तथा विमान दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली

काठमाडौँ । युवा संगठन नेपालले बाढी, पहिराे, बस तथा विमान दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति दीप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गरेको छ । उक्त श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै युवा संगठन नेपालका केन्द्रिय सचिव अनिल सीले विभिन्न अप्रिय घटनाहरु घट्नुका सम्पूर्ण कारण दलाल राज्य व्यवस्था नै भएको बताउदै यसको सामाधान समाजवाद भएको ठाेकुवा समेत गरे ।
उक्त कार्यक्रमको संचालन युवा संगठन नेपालका केन्द्रिय सचिवालय सदस्य तथा नुवाकोट इन्चार्ज जिवन सीले गरेका थिए । कार्यक्रममा युवा संगठन नेपालका केन्द्रिय सचिवालय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज छेम्बे सी लगायत युवा संगठनका नेता कार्यकताको उपस्थितिमा बिजि महलमा कार्यक्रम सम्पन्न भएको थियो ।