नेकपा सुभकालिका गाउपालिकाद्वारा कोदो रोपाइँ

२०८१ श्रावण २० गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कालिकोट सुभकालिका गाउपालिकाले कोदो रोपाइँ गरेको छ! नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय नीति एक संगठन एक उत्पादन नीति अनुरुप नेकपा कालिकोट सुभकालिका गाउपालिकाले बाँझो जमिन खनौ बेरोजगार युवाहरु देशमै रोजगार बनौं भन्ने मुल नारासहित कोदो उत्पादन सुरु गरेको हो !
उक्त कोदो रोपाइँमा नेपाल कम्युनिस्ट पार्टी कालिकोटका सचिवालय सदस्य तथा गा.पा . ईन्चार्ज क. तुफान सि गा. पा. सेक्रेटरी क. धर्मेन्द्र सि जिल्ला कमिटी सदस्य कमल सि , अखिल समाजबादी जिल्ला उपाध्यक्ष क. रोशन सि र अन्य गाउँ कमिटी सदस्यहरुको सकृय सहभागिता रहेको थियो !
उक्त रोपाइँ कार्यक्रममा बोल्दै ईन्चार्ज तुफान सिद्वारा पछिल्लो नेकपाको उत्पादनको कार्यनीतिले समाजमा रहेका प्रगतिशील युवायुवतीहरु लाभान्वित भएको र यो पार्टीलाई सहयोग र समर्थन गर्ने जनताहरुको लहर लागेको बताए ! उनले नेपालका सैयौ राजनीतिक पार्टीका नेताकार्यकर्ताले यो नीति लिने हो भने सायद नेपाल देश परनिर्भरतामा बाच्न पर्ने थिएन ,आम राजनीति दलहरुले नेकपाबाट सिक्न पर्ने कुराहरू धेरै भएको बताए।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद दिवस मनाइँदै

२०८२ असार १६ गते, सोमबार

आज धान दिवस

२०८२ असार १५ गते, आईतवार

आज असार १५ : दही चिउरा खाएर मनाइँदै

२०८२ असार १५ गते, आईतवार