कालिका-धुन्चे सडकखण्डमा चौबिसै घण्टा सवारी साधन सञ्चालन !

२०८१ श्रावण ३१ गते, बिहीबार


काठमाडौँ । लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले गोसाइँकुण्ड मेला अवधिभर रसुवाको कालिका-धुन्चे सडकखण्डमा चौबिसै घण्टा सवारी साधन सञ्चालन गर्न पाइने जनाएको छ । निकुञ्ज कार्यालयले बिहीबार सूचना जारी गरेर हिन्दू तथा बौद्ध धर्मावलम्वीहरूको महत्वपूर्ण पर्व, जनै पूर्णिमाको अवसरमा प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा पूजा तथा दर्शन गर्न आउने जाने भक्तजनहरूको सेवा र सुविधालाई मध्यनजर गरेर आवतजावत खुला गरेको जनाएको छ ।
धार्मिक प्रयोजनका लागि आवतजावत गर्ने दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनहरू (बस, जिप, मोटरसाइकल स्कुटर) आदि भदौ ४ गतेसम्म चौबिसै घण्टा सञ्चालन गर्न सकिने छ । लाङटाङ राष्ट्रिय निकुञ्जको धुन्चे चेक प्वाइन्ट र कालिकास्थानको कालिका चेक प्वाइन्टबाट नियमित चेकजाँच गरी चौबिसै घण्टा आवतजावत खुल्ला रहने गरी व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु