मिटरव्याज ,लघुवित्त र सहकारी ठगी विरुद्ध संघर्ष समिति गठन
२०८१ भाद्र १ गते, शनिबार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी महोत्तरीको पहलमा गौशला नगरपालिका वडा नम्बर ९ स्थित भरतपुरमा मिटरव्याज ,लघुवित्त र सहकारी ठगी विरुद्ध संघर्ष समिति निर्माण गरेको छ । शुक्रबार अपराह्न लघुवित्त ,मिटरव्याज र सहकारी पिडितहरुको एक भेलाबाट सो कमिटी गठन भएको हो ।
भेलाबाट फुलुदेवी शाहको अध्यक्षतामा २३ सदस्यीय संघर्ष समिति निर्माण भएको बताइएको छ ।
उक्त भेलामा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्य पवन सी , नेता जनक सी र विद्यार्थी नेता अटल सीको सहभागिता रहेको थियो।
मिटर ब्याजविरुद्ध संघर्ष समिति ,लघुवित्त सहकारी विरुद्ध संघर्ष समिति जस्ता छुट्टाछुट्टै नाममा विभिन्न संघर्ष समितिहरु भएतापनि सोबाट खास परिणाम नआएकोले अहिले एकीकृत ढंगले एकीकृत कमिटी गठन गर्नुपरेको अध्यक्ष फुलुदेवी शाहले जनाएकी छन् ।