मतया पर्व मनाइँदै

२०८१ भाद्र ५ गते, बुधबार


काठमाडौँ । न्याकु जात्रा मतयाः सञ्चालन मूल समारोह समितिले आज बिहान ४ बजेदेखि मतयाः अर्थात् दिपयात्रा शुरु भएको जनाएको छ। ८५० वर्षअघिदेखि गाईजात्राको भोलिपल्ट अर्थात भाद्रकृष्ण द्वितीयामा हुने यो जात्रामा बौद्ध एवं हिन्दुधर्मावलम्बीले ललितपुर पाटन क्षेका चार दिशमा रहेका चार अशोक स्तुपासहित विहार, महाविहार, चैत्य र देवालयको पैदलयात्रा गरी परिक्रमा गर्छन्।
दिवंगत आफन्तजनको आत्म शान्तिको कामना गर्दै दिप, अन्न, पुस्तक र मिठाइ आदि चढाउँदै गरिने करिब १५ घण्टाको कठिन पदयात्रामा हजारौं सहभागी हुने गर्छन्।
धिमेलगायतका बाजागाजासहित विभिन्न वेशभूषामा सिँगारिएर पदयात्रामा निस्काने क्रममा राँगाको सिङबाट बनेको बाजा न्यकुको विशेष आकर्षण हुन्छ। यो जात्रालाई श्रृङ्गभेरी जात्रा पनि भनिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

यस वर्षको मनसुन नेपालबाट बाहिरियो

२०८२ आश्विन २५ गते, शनिबार

आज विश्व अण्डा दिवस

२०८२ आश्विन २४ गते, शुक्रबार