प्रवेशाज्ञाबिना नेपाल प्रवेश गर्ने दुईजना बंगलादेशी पक्राउ

२०८१ कार्तिक २९ गते, बिहीबार


काठमाडौँ । सशस्त्र प्रहरी बलको सतिघट्टा बोर्डर आउट पोस्टको टोलीले प्रवेशाज्ञाबिना नेपाली भूमिमा प्रवेश गरेको आरोपमा दुई जना बंगलादेशी नागरिक काँकडभिट्टामा पक्राउ गरेको छ । टोलीले उनीहरूलाई बुधबार साँझ पक्राउ गरेको हो। आफ्नो परिचय खुल्ने कुनै कागजपत्र नभएका उनीहरूका साथबाट एक हजार पाँच सय टाका र दुईवटा मोबाइल बरामद भएको सशस्त्र प्रहरी बल २ नं. गणका सूचना अधिकारी महेशराज विष्टले जानकारी दिए।
उनीहरूलाई काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा बुझाएको छ। उक्त कार्यालयले आज उनीहरूलाई काठमाडौँस्थित अध्यागमन विभागमा पठाउने जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु