काठमाडौँ विश्वकै छैटौं प्रदूषित सहर !

२०८१ कार्तिक २९ गते, बिहीबार


काठमाडौँ । स्विटजरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार काठमाडौं विश्वकै छटौं प्रदूषित सहर बनेको छ । काठमाडौंको प्रदूषण १ सय ७० एक्यूआई मापन गरिएको छ भने पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा छ । लाहोरको प्रदूषण मापन ७५५ मापन गरिएको छ ।
यता, भारतको राजधानी नयाँ दिल्लीको एक्यूआई ४ सयभन्दा माथि पुगेको छ भने कतिपय स्थानमा यो ४५० भन्दा माथि पुगेको छ । यसलाई हावामा प्रदूषणको मात्रा गम्भीर तहमा पुगेको मानिन्छ जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । चिसो बढेसँगै यी क्षेत्रमा वायु प्रदूषण गम्भीर तहमा पुग्ने गरेको छ । दिल्लीको प्रदूषण ४२३ मापन गरिएको छ । तेस्रो स्थानमा भियतनामको हानोई, चौथो र पाँचौँ स्थानमा भारतको कोलकाता र बंगलादेशको ढाका सहर छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु