दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

२०८१ मंसिर ५ गते, बुधबार


काठमाडौँ । काठमाडौं जिल्ला अदालतले दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले आज बिहान प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।
सीआईबीले प्रसाईंलाई हिजो बिहान भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो । उनीविरुद्ध साइबर अपराधसम्बन्धी कसूरमा अनुसन्धान गरिने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]