काठमाडौँ प्लाजामा निःशुल्क पार्किङ

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आज एक सूचना जारी गर्दै कमलादीस्थित काठमाडौं प्लाजामा निःशुल्क पार्किङ गर्न पाइने जनाएको छ । महानगरपालिकाले आज साँझ साढे ५ बजेदेखि राति ११ बजेसम्म महानगरको कार्यालय परिसर गाडी पार्किङका लागि खुला हुने जानकारी दिएको हो । यो सुविधाले कमलादी, कमलपोखरी, पुतलीसडक, दरबारमार्ग ती क्षेत्र आसपासको सवारी साधन पार्किङ सहज हुने विश्वास महानगरको छ ।
काठमाडौं महानगरपालिकाका प्रशासन विभाग प्रमुख ध्रुवकुमार काफ्ले भने- ‘यो सुविधा दुई पाङ्ग्रे र ४ पाङ्ग्रे दुवै खालका सवारी साधनका लागि हो । अब कमलादी, पुतलीसडक, दरबार मार्ग, हात्तीसार, कमलपोखरीलगायत स्थानको यातायात आवागमन र पार्किङमा सहजता हुनेछ ।’