सात क्विन्टल लसुन बरामद

२०८१ मंसिर १२ गते, बुधबार

काठमाडौँ । मेचीनगर नगरपालि–६बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ । बाँस झ्याङमा लुकाएको रु तीन लाख पचास हजार बराबरको उक्त परिमाणको लसुन गएराति बरामद गरिएको हो । बरामद लसुन मेची भन्सार कार्यालय पठाइएको छ । -रासस

प्रतिक्रियाहरु

[anycomment]