कोशी, गण्डकी र कर्णालीका उच्च भूभागमा हिमपातको सम्भावना

२०८१ मंसिर १६ गते, आईतवार


काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव तथा बङ्गालको खाडीमा रहेको चक्रवात ‘फेनजल’ को आंशिक प्रभाव रहेको जनाएकाे छ । महाशाखाका अनुसार अहिले देशभरकाे मौसम मुख्यतया सफा रहेको छ । देशको तराई भूभागका केही स्थानहरूमा हुस्सु/ कुहिरो लागेको छ। आज दिउँसो कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आज सूर्योदय बिहान ६ बजेर ३७ मिनेटमा भएको थियो भने सूर्यास्त साँझ ५ बजेर ७ मिनेटमा हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]