सई ललितकुमार बुढाथोकी २५ हजार घुससहित पक्राउ
२०८१ मंसिर १७ गते, सोमबार
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक (सई) ललित कुमार बुढाथोकीलाई २५ हजार घुससहित पक्राउ गरेको छ । सई बुढाथोकीलाई सवारी साधनहरूलाई आवत–जावत गर्न सहजीकरण गरिदिए बापत घुस मागेको उजुरीका आधारमा सोमबार पक्राउ गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । घिमिरेले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उक्त रकमसहित सई बुढाथोकीलाई रोल्पा नगरपालिका वडा नम्बर ४ स्थित निवासबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताए ।