देशभर चिसो बढ्दै
![](https://janakhabar.com/wp-content/uploads/2020/11/chiso-jado.jpg)
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशभर चिसो बढ्दै गएको जनाएको छ । महाशाखाले आज बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस मापन गरिएको जनाएको छ । ०८१ साल लागेयता काठमाडौंमा मापन गरिएको यो कम तापक्रम हो ।
सोही समयमा सोमबार काठमाडौंको न्यूनतम तापक्रम ७.० डिग्री सेल्सियस थियो । आइतबार काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।
मंगलबार ताप्लेजुङको न्यूनतम तापक्रम ६.०, डडेलधुराको ६.५, ओखलढुंगाको ७.५, वीरेन्द्रनगरको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सिय मापन गरिएको छ । सोमबार ताप्लेजुङको न्यूनतम तापक्रम ६.३, डडेलधुराको ७.०, ओखलढुंगाको ८.३, वीरेन्द्रनगरको न्यूनतम तापक्रम ७.३ मापन गरिएको महाशाखाले जनाएको छ ।