काठमाडौं उपत्यकाको तापक्रम ह्वात्तै घट्यो

२०८१ मंसिर २६ गते, बुधबार


काठमाडौँ । काठमाडौं उपत्यकाको तापक्रम ह्वात्तै घटेको छ । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको थियो । जल तथा मौसम विज्ञान विभागले आज काठमाडौं उपत्यकाकोको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बिच रहने जनाएको छ ।
यसैगरी, मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ भने राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने जनाएको छ ।
तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु तथा केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेको छ । यसबाट दैनिक जनजीवन तथा यात्रा गर्दा असर पर्न सक्ने भएकाले त्यसै अनुसार कार्य सञ्चालन गर्न विभागले सबैमा आग्रहसमेत गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]