१०८ जना फरार प्रतिवादी कारागार चलान
काठमाडौँ । प्रहरीले जिल्ला अदालत सुनसरीबाट दोषी ठहर भएका १०८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरि कारागार चलान गरेको छ ।
अदालतबाट दोषी ठहर भएका व्यक्तिलाई पक्राउ गरि अपराधिक क्रियाकलाप नियन्त्रण गर्न र फैसला कार्यन्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादी पक्राउ गर्न अभियान सञ्चालन गरेको सुनसरीका निमित्त प्रहरी प्रमुख डिएसपी रामप्रसाद तिमल्सिनाले बताए ।
प्रहरीले मंसिर १ गतेदेखि फरार प्रतिबादी खोज्ने क्रममा सुनसरी भरीबाट २६ दिनको अवधिमा एकसय ८ जनालाई पक्राउ गरि जिल्ला अदालत सुनसरीमा हाजिर गराइ झुम्का कारागार चलान गरिएको निमित्त प्रहरी प्रमुख तिमल्सिनाले जानकारी दिए ।
तिमिल्सिनाले १०८ जना मध्य धेरै जसो सार्र्वजनिक अपराध, कुटपिट, अभद्र व्यवहार, वन पैदावर, डाँका र सवारी ज्यान मुद्दामा दोषी ठहर भएका अभियुक्तलाई पक्राउ गरि गारागार चलान गरिएको बताए ।