मुग्लिन–पोखरा सडक अवरुद्ध हुने !

२०८१ मंसिर २८ गते, शुक्रबार


काठमाडौँ । मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिन सडक अवरुद्ध हुने भएको छ । जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ः०० देखि साँझ ६ः०० बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई अनुरोध गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

‘भैयादुज’ पर्व मनाइँदै

२०८२ कार्तिक ७ गते, बिहीबार

गुडिरहेको यात्रुवाहक बसमा आगलागी !

२०८२ कार्तिक ६ गते, बुधबार

आज म्ह: पूजा

२०८२ कार्तिक ६ गते, बुधबार