स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ

२०८१ पुष ३ गते, बुधबार


काठमाडौँ । प्रहरी वृत्त गौशालाको टोलीले स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित ४ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३२ बस्ने ४६ वर्षीय राजकुमार माली, काठमाडौं महानगरपालिका १० नयाँ बानेश्वर बस्ने १८ वर्षीय आवाद सिंह, झापाको विर्तामोड नगरपालिका-५ का २७ वर्षीय युवराज सुवेदी र झापाको अर्जुनधारा नगरपालिका-७ घर भई काठमाडौं बस्ने ३२ वर्षीय प्रवेशकुमार पौडेल रहेका छन् । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । टोलीले २ पुसमा काठमाडौंको एयरपोर्ट शम्भुमार्गबाट उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट नगदसहित ५ थान चेक, ५ थान मोबाइल र प्रदेश ३-०१-०२२ च १९७२ नम्बरको कार बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]