कालिकोट केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । कालिकोटको ओडानकु केन्द्रविन्दु भएर आज(आइतबार) बिहान ३.६ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान ५ः९ बजे भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्पबाट मानवीय एवं भौतिक क्षति नभएको बताइएको छ । विगत केही दिन देखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस भएको केन्द्रले बताएको छ ।