बैतडी केन्द्रबिन्दु भएर ४.६ रेक्टरको भूकम्प

२०८१ पुष १६ गते, मंगलवार


काठमाडौँ । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको सिगास गाउँपालिका–७ को न्वाघर केन्द्रबिन्दु भएर आज बिहान ७ः५४ बजे ४.६ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का महसुस बैतडीसहित, बझाङ, डडेल्धुरा, डोटीमा गरिएको छ । भूकम्पबाट के कति क्षति भयो भन्ने अहिलेसम्म जानकारी नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]