काठमाडौं उपत्यकामा ४.६ म्याग्निच्युडको भूकम्प

काठमाडौँ। काठमाडौं उपत्यकामा अहिले दिउँसो १ बजेर ३ मिनेटमा भूकम्प गएको छ । एन्ड्रोइड अर्थक्वेक अलर्ट सिस्टमका अनुसार धादिङको ज्यामिरेबाट दुई किलोमिटर पर केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
केही सातायता नेपालको सुदूरपश्चिमी भूगोलमा लगातार भूकम्प गइरहेको छ । पछिल्लो पटक यही पुस १६ गते बैतडीलाई केन्द्रबिन्दु बनाउँदै ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो । सुदूरपश्चिमी भूगोलमा लगातार धक्का आइरहँदा भूकम्पविद्हरूले ठूलो भूकम्प जान सक्नेतर्फ सर्वसाधारणलाई सचेत गराइरहेका छन् ।