हराएका ३३ थान मोटरसाइकल धनीलाई हस्तान्तरण !

२०८१ पुष २५ गते, बिहीबार


काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय राामशाह पथले हराएका ३३ थान दुई पाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । कार्यालयका एसएसपी विनोद घिमिरेले २५ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीलाई बिहीबार हस्तान्तरण गरे । जसमध्ये केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा फेला पारिएको उनले बताए ।
गठ्ठाघर, काँडाघारी, नेपालटार, कालिमाटी, पद्मोदयमोड, लैनचौर, गौशाला, बानियाटार, धर्मस्थली, नयाँबसपार्क र बौद्ध लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।
बिहीबार बुझाइएका ३३ वटा सहित २७३ वटा सवारीसाधन गत साउनयता ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । चोरीका २८ वटा दुई पाङ्ग्रे सवारीसाधन सहित चोरीमा संलग्न ४० जना व्यक्तिहरूलाई पनि आवश्यक कारवाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बीपी राजमार्ग अवरुद्ध

२०८२ बैशाख ३० गते, मंगलवार

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार