रेसुङ्गा विमानस्थलमा हवाई सेवा बन्द !

२०८१ माघ १ गते, मंगलवार


काठमाडौँ । गुल्मीस्थित रेसुङ्गा विमानस्थलमा करिब एक महिना देखि हवाई सेवा बन्द भएको छ । नेपाल वायुसेवा निगम नेपाल एरलायन्स सँग भएका दुइ वटा ट्वीनअटर जहाज ग्राउन्डेड भएको कारण करिब एक महिना देखि जिल्लामा हवाई सेवा बन्द भएको हो । हवाई सेवा बन्द भएपछि गुल्मेलीहरु केही समयका लागि हवाई सेवा बाट बञ्चित हुनु परेको छ ।
नेपाल वायुसेवा निगमले २०८० बैशाख २९ गते देखि गुल्मीमा व्यावसायिक उडान शुरु गरेको थियो । निगमले जिल्लामा व्यावसायिक उडान गरे सँगै शुरुमा सातामा तीन पटक सम्म उडान गर्दै आएको थियो । यात्रुहरुको बढ्दो चाँपका कारण उडान संख्यामा बृद्धि गरि सातामा चार पटक सम्म उडान गर्दै आएकोमा वायुसेवा निगमको जहाज ग्राउन्डेडहुन थालेपछि सातामा दुइ पटक र एक पटक हुँदै अहिले पुर्ण रुपमा सेवा बन्द भएको छ ।
जहाजको इन्जिन साइकल सकिए पछि नेपाल एयरलाइन्स सँग भएको दुइवटा ट्वीनअअटर जहाज ग्राउन्डेड भएको हो । पछिल्लो समयमा रेसुङ्गा विमानस्थल बाट साताका एक पटक बिहिबार मात्र उडान हुँदै आएको थियो । निगमले काठमाडौं बाट रेसुङ्गा लागि ७ हजार पाँच सय रुपैंया र रेसुङ्गा देखि काठमाडौंका लागि ७ हजार तीन सय रुपैयाँ भाडादर निर्धारण गरेको छ ।
रेसुङ्गा विमानस्थल बाट काठमाडौंका लागि २१ महिनाको अबधिमा एक तर्फी रुपमा ९० वटा उडान भैसकेको छ । -रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बीपी राजमार्ग अवरुद्ध

२०८२ बैशाख ३० गते, मंगलवार

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार