यात्रुवहाक बस दुर्घटना : ११ जना घाइते

काठमाडौँ । झापाको शिवसताक्षी नगरपालिका १ स्थित धरमपुरमा मे १ ख २५४५ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा करिव ११ जना यात्रु घाइते भएका छन । प्रहरीका अनुसार नागरिक यातायातको उक्त यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट तल खसेर पल्टिएको थियो ।
दुर्घटनामा परि बसमा सवार ११ विराटनगर ३ का ५४ वर्षीय गुणा कोइराला, ३४ वर्षीया दिपा निरौला, १७ वर्षीया म्यारी निरौला, ३८ वर्षीया निर्मला निरौला, ५९ वर्षीया शर्मिला कोइराला, झापा शिवसताक्षी –८ का ३२ वर्षीय टंक शिवाकोटी, ३० वर्षीया आन्सा फियादेन, २१ वर्षीया सुमना लिम्बु, बिर्तामोड नगरपालिका–६ का ५१ वर्षीय पुष्पलाल अधिकारी, ४९ वर्षीया चन्द्रकला अधिकारी र कमल गाउँपालिका–६ का ४० वर्षीय शान्तिराम खतिवडा घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते सबैको अवस्था सामान्य रेहेको र विर्तामोडस्थित विएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको बताइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी वरिष्ठ नायब निरीक्षक अर्जुन सोडारीले बस चालक मेचीनगर –१० धुलाबारी बस्ने ५४ वर्षीय टिका मेचेलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको जानकारी दिए ।