माइक्रो बस दुर्घटना: एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ । काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना यात्रु गम्भीर घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ । बिपी राजमार्गस्थित सुनकोशी गाउँपालिका– ७ कानढुंग्रीमा बिहीबार राति बा.३ ख ८४४५ नम्बरको माइक्रो बस सडकबाट तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका– १० का ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका दुई जना जनकपुर १२ का २३ वर्षीय रिचवन नदाफ र मनिका नदाफको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने बाँकी दुई घाइतेको धुलिखेल अस्पतालमै उपचार भइरहेको बताइएको छ । त्यस्तै अन्य चारजना घाइतेको खुर्कोटस्थित सुनकोशी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । माइक्रो बस चालक ३२ वर्षीय सञ्जय कुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।