ग्राहकलाई यौन दुर्व्यवहार गरेको आरोपमा इनड्राइभका चालक पक्राउ

काठमाडौँ । प्रहरीले ग्राहकलाई यौन दुर्व्यवहार गरेको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एकजना चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको नारायणी नगरपालिका-४ बस्ने २५ वर्षीय प्रबिन बराल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। अधिकारीले भने- ‘इनड्राइभका चालक बरालले यौन दुर्व्यवहार गरेको भन्ने पीडितको उजुरीका आधारमा आज उनलाई काठमाडौँबाट पक्राउ गरिएको हो। ’
बराललाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए।