जिप दुर्घटना : तीन जनाको मृत्यु

२०८१ माघ १७ गते, बिहीबार


काठमाडौँ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले मध्यपहाडी राजमार्गको सडक खण्डमा ना १ ज ६४२१ नम्बरको जिप सडकबाट अन्दाजी ७० मिटर तल खसेर दुर्घटना भएको जानकारी दिएको छ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ७ को हर्कपुरस्थित भँडारे खोलानजिकै खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिप राति नै दुर्घटना भएको अनुमान गरिए पनि आज बिहान ८ बजे मात्रै फेला पारिएको थियो । दुर्घटनापछि जिप चालक फरार रहेका छन् ।
दुर्घटनामा मृत्यु हुनेहरूमा खोटाङको केपिलासगढी गाउँपालिका ३ की ५६ वर्षीया मायादेवी गुरुङ, उनको २८ वर्षीय छोरा पुजन गुरुङ र खोटाङकै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ की ४५ वर्षीय तारा गुरुङ रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार