विपन्न परिवारलाई निःशुल्क खानेपानी र बिजुली !

२०८१ माघ १९ गते, शनिबार


काठमाडौँ । झापा मेचीनगर नगरपालिका–२ ले आफ्ना वडाका विपन्न परिवारका घरमा शुद्ध खानेपानी र बिजुली बत्ती निःशुल्क जडान गरिदिएको छ । वडाका अति विपन्न परिवारको पहिचान गरी बत्ती र खानेपानीको धारा निःशुल्क रूपमा जडान गरिरहेको वडाध्यक्ष दीपक बरालले बताए । उनले वडाले गत वर्षदेखि विपन्नको घरमा टिनको छाना लगाइदिने र बत्ती पानी जडानका लागि बजेट नै विनियोजन गर्दै आएको बताए । उनले भने, ‘स्वस्थ रहनका लागि खानेपानी खान पाउनु सबैको अधिकार हो, त्यही उद्देश्यले खर्च गरेर धारा जडान र बत्ती बाल्न नसक्नेका लागि काम गरिरहेका छौँ ।’
उनले वडाले चालु आर्थिक वर्षमा विपन्न परिवारको घरको छाना फेर्ने, खानेपानीको धारा जडान गर्ने र बिजुली बत्तीका लागि दुई लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन गरेको बताए । आर्थिक अवस्थाका कारण खानेपानीको धारा जडान गर्न नसकेका ३० घरपरिवारको वडाले निःशुल्क रूपमा धारा जडान गरिरहेको वडाध्यक्ष बरालले बताए ।
प्रतिघरमा दश हजार ५०० रुपैयाँ खर्च गरेर धारा जडान गर्ने काम भइरहेको उनको भनाइ छ । दुई वर्षअघि निर्वाचित बनेर आएका जनप्रतिनिधिको पहलमा वडाका सबै स्थानमा खानेपानी र बिजुलीबत्तीको पहुँच पुगेको छ ।
शंकर टोलकी ६१ वर्षीया बुद्धमाया दर्जीले भनिन्, ‘वडाध्यक्ष हाम्रो भगवान् जस्तै बनेर आउनुभएको छ, घर चुहियो भने टिन फेरिदिनुहुन्छ, पानीको धारा र बत्ती पनि निःशुल्क दिनुभयो ।’
अध्यक्ष बरालले वडामा अशक्त, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकले पाउँदै आएको सुरक्षाभत्ता समेत घरघरमा पु¥याइदिने व्यवस्था मिलाइदिएको बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार