प्रहरीको डीएसपी भन्दै ठगी गर्ने पक्राउ

२०८१ माघ १९ गते, शनिबार


काठमाडौँ । नेपाल प्रहरीका डीएसपी भन्दै ठगी गरेको आरोपमा सिराहाको लाहान नगरपालिका-२० बस्ने ३० वर्षीय दिपक भनिने धनिकलाल साह पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय ढल्केबरको टोलिले उनलाई धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ बाट पक्राउ गरेको प्रहरी निरीक्षक जटशंकर यादवले जानकारी दिए ।
दिपकले डीएसपी भन्दै आफूसँग ५० हजार रुपैयाँ ठगी गरेको भनी धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ का रमेश श्रेष्ठले इलाका प्रहरी कार्यालय ढल्केवरमा दिएको जाहेरीको आधारमा पक्राउ गरेको हो । दिपकलाई ठगी कसुरमा धनुषा जिल्ला अदालतबाट म्याद थप लि अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार