गौरीशंकर संरक्षण क्षेत्रको डढेलो नियन्त्रण बाहिर

२०८१ माघ २३ गते, बुधबार


काठमाडौँ । दोलखाको गौरीशंकर संरक्षण क्षेत्रअन्तर्गत गौरीशंकर गाउँपालिका सिक्पास्वरभन्दा माथिल्लो क्षेत्रको हिमाली वनमा पाँच दिनदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । डढेलोले रेडपाण्डाको बासस्थान रहेको निगालोको जंगल पूर्ण रूपमा जलेको छ । ३ हजार मिटर उचाइभन्दा माथिबाट सल्केको डढेलो घनाजंगल र खर्कहरूमा फैलिइसकेको छ ।
डढेलो नियन्त्रणका लागि जिल्ला प्रशासनमा सर्वपक्षीय बैठक बसेको छ । डढेलोको धूवाँले गौरीशंकर हिमालसहित रोल्वालिङ हिमशृंखला र उत्तरका गाउँहरू ढाकिँदै गएका छन् ।
चिसो छल्न तलतिर झरेका वन्यजन्तु डढेलोमा परेको अनुमान गरिएको छ । रेडपाण्डा र झारलको बासस्थान पनि रहेको हिमाल नजिकैका खर्कहरूमा डढेलो बढेको हो । विकट ठाउँमा भएका कारण डढेलो नियन्त्रण गर्न कठिन भएपनि हेलिकप्टरबाट पानी हाली नियन्त्रणको प्रयास भइरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार