सल्यानमा जारी महोत्सव स्थलमा आगलागी, ८० स्टल जलेर ध्वस्त

२०८१ माघ २७ गते, आईतवार


काठमाडौँ । सल्यानको श्रीनगरमा जारी सांस्कृतिक एवम् व्यापार महोत्सव स्थलमा आगलागी भएको छ । गएराति भएको आगलागी बाट महोत्सवमा राखिएका एक सय ३८ स्टल मध्ये ८० स्टल जलेर ध्वस्त भएको हो ।
आगो स्थानीय र प्रहरीले आज (आइतबार) बिहान १ बजे नियन्त्रणमा लिइएको महोत्सव आयोजक समितिले जनाएको छ । महोत्सवमा झण्डै १० करोडको क्षति भएको बताइएको छ । आगलागी अपरिचित व्यक्ति बाट भएको हुन सक्ने आशंकामा छानविन शुरु गरिएको प्रहरीले जनाएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सल्यानको आयोजनामा १८ माघ बाट महोत्सव सञ्चालन गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार