आज प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे

काठमाडौँ । आज फ्रेबुअरी १४, प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे । नेपालसहित विश्वभर प्रेमिल जोडीले विशेष दिनका रुपमा मनाउने गर्छन । एक सातासम्म मनाइने भ्यालेन्टाइन सप्ताहको अन्तिम तथा सबैभन्दा महत्वपूर्ण दिनका रूपमा प्रेमिल जोडीले एकआपसमा उपहार आदान–प्रदान गर्दै माया साटासाट गर्ने चलन छ ।
पछिल्लो समय भ्यालेन्टाइन डे विश्वभर पर्वकै रूपमा मनाउन थालिएको छ । प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको विश्वास गरिन्छ । विशेषगरी यो दिनलाई प्रेम प्रस्ताव राख्ने, प्रेम भाव प्रकट गर्ने र प्रेम सम्बन्धलाई अझ सुदृढ बनाउने अवसरका रूपमा लिने गरिएको छ ।