२०८२ सालमा दुईपटक चन्द्रग्रहण

२०८१ फाल्गुन ३ गते, शनिबार


काठमाडौँ । २०८२ सालमा भदौ २२ गते र २०८२ फागुन १९ गते चन्द्रग्रहण लाग्ने भएको छ। भदौ २२ आइतबार भाद्रशुक्ल पूर्णिमामा खग्रास चन्द्रग्रहण लाग्नेछ। आइतबार रात्रि १० बजेर ११ मिनेटमा स्पर्श, रात्रि ११ बजेर १५ मिनेटमा सम्मिलन, रात्रि ११ बजेर ५६ मिनेटमा मध्य, रात्रि १२ बजेर ३८ मिनेटमा उन्मीलन हुनेछ। राति १ बजेर ४१ मिनेटमा मोक्ष हुनेछ। यो ग्रहण नेपाल र भारत लगायत एसियाका धेरै देशबाट अवलोकन गर्न सकिनेछ।
यस्तै २०८२ फागुन १९ गते मंगलबार अर्थात् फाल्गुण शुक्ल पूर्णिमामा ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्नेछ। यो ग्रहण दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श भई खग्रास हुनेछ। काठमाडौँबाट साँझ ६ बजेर ३ मिनेटमा चन्द्रोदय भएसँगै खण्डग्रास मात्र देखिनेछ। राति ७ बजेर २ मिनेटमा मोक्ष हुनेछ।
ग्रहण खग्रास र खण्डग्रास गरी दुई प्रकारको हुन्छ । ग्रहण पूरै छोप्ने अवस्थालाई खग्रास र केही भाग कालो देखिने अवस्थालाई खण्डग्रास भनिन्छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु