बस दुर्घटना : १५ जना घाइते

२०८१ फाल्गुन ७ गते, बुधबार


काठमाडौँ । सुर्खेतबाट तुलसीपुर हुदै काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश०००१ ख ०७०१ नम्बरको रात्री बस दाङको बबई गाउँपालिका वडा नं. २ स्थित ट्वाङखोलामा दुर्घटनामा परेको छ । गए राति ९ बजेतिर दुर्घटना हुँदा गाडीमा सवार १५ जना घाइते भएका छन् । घाइतेको उद्दार गरि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकालागि भर्ना गरिएको छ । गाडीमा ६० जना भन्दा बढि यात्रु रहेको अनुमान गरिएको छ । गाडी अनियन्त्रित भएर पल्टिएको हुन सक्ने प्रहरीले बताएको छ । दुर्घटनाबारे थप अनुसन्धान भैरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार