अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाइँदै

२०८१ फाल्गुन ९ गते, शुक्रबार


काठमाडौँ । आज अन्तरराष्ट्रिय मातृभाषा दिवस। हरेक वर्षको फेब्रुवरी २१ मा यो दिवस मनाउने गरिन्छ । नेपालसहित विश्वका विभिन्न देशहरुमा विविध कार्यक्रम आयोजना गरी आज अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाइँदै छ । सन् १९९९ को नोभेम्बरमा बङ्गलादेशले अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाउन गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले अनुमोदन गरपछि यो दिवस मनाउन थालिएको हो । तर संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००२ मा मात्रै यो दिवसको घोषणा गरेको हो । विविधतामा एकता र अन्तरराष्ट्रिय समझदारीलाई प्रवद्र्धन गर्नु यो दिवसको मुख्य उद्देश्य रहेको छ ।
आज विकास, सांस्कृतिक विविधता र अन्तरसांस्कृतिक संवाद सुनिश्चित गर्न पेरिसस्थित युनेस्कोको प्रधानकार्यालयमा ‘प्राविधिक संवाद, उच्चस्तरीय छलफल सत्र र सांस्कृति प्रदर्शन’ लगायत विविध कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय मातृभाषा दिवस रजत जयन्ती समारोह मनाउन लागिएको छ ।
उक्त समारोह सबैका लागि गुणस्तरीय शिक्षा, समावेशी समाज निर्माण, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने, दिगो विकासमा विज्ञान र प्रविधिको उपयोग एवं बहुभाषिकता र बहुसांस्कृतिकता प्रवद्र्धनमा केन्द्रित हुने युनेस्कोले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार