सम्पर्कमा नरहेका प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

२०८१ फाल्गुन ११ गते, आईतवार

काठमाडौँ। प्रहरी प्रधान कार्यालयले सम्पर्कमा नरहेका नेपाल प्रहरीका १० जनालाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको सचिवालयले सार्वजनिक सूचना जारी गरी गैरहाजिर भएका प्रहरीहरुको नामठेगाना सार्वजनिक गरेको छ । र, उनीहरुलाई सात दिनभित्र गैरहाजिर हुनुको कारणसहित हाजिर हुन निर्देशन दिएको छ । अन्यथा कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउने प्रहरी प्रधान कार्यालयको सूचनामा उल्लेख छ । गैरहाजिर हुनेहरुमा प्रहरी सहायक हबल्दार कृष्ण कार्की लगायत छन् । बागलुङको बागलुङ नगरपालिका ८ घर भएका कार्कीको दरबन्दी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा हो । तर उनी २०८१ पुस २९ गतेदेखि हाजिर भएका छैनन् ।
यसैगरी प्रहरी जवानहरु मोरङका रन्जित श्रेष्ठ, पाँचथरका विनम ज्ञाङमी, रामेछापकी अस्मी तामाङ, दाङ घोराहीका प्रज्वल घर्ती र प्युठानका रेशम पुन छन् । यसैगरी बागलुङका खिमबहादुर केसी, शम्शेर घर्तीमगर र कृष्ण विक तथा बर्दियाका प्रहरी कार्यालय सहयोगी जनकबहादुर गाईन पनि कार्यालयको सम्पर्कमा नरहेको प्रहरी प्रधान कार्यालयको सूचनामा उल्लेख छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार