युवा संगठन नेपालद्धारा जुम्लामा स्याउका बिरुवा रोपन

२०८१ फाल्गुन १२ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट युवा संगठन नेपालले जुम्लाको धौलापानीमा स्याउका विरुवा रोपेको छ । सो संगठनका केन्द्रीय अध्यक्ष दिनेश सीले युवा संगठन नेपालले पार्टीको रोपनसंगै आफ्नो छुट्टै १ सय जति स्याउका विरुवा रोपेको बताए । उनले युवाहरुलाई आत्मनिर्भर बनाउन स्याउका बिरुवा रोप्ने कार्य गरेको बताए ।
अध्यक्ष दिनेश सीले युवाहरु उत्पादनको काममा नजोडिदा देश परनिर्भर बन्दै गएको बताउदै देशलाई आत्मनिर्भर बनाउन युवाहरु अनिर्वाय रुपमा उत्पादन कार्यमा जुट्नु पर्ने बताए ।
अध्यक्ष दिनेश सीले दलाल पुँजीवादी सत्ताका कारण युवा हराएको देश जस्तै बनेको बताउदै भने- ‘नेपाल वेरोजगार उत्पादन गर्ने थलो भयो, युवाहरु विदेशीन थाले, दलाल पुँजीवादी सत्ताले देशलाई परनिर्भर बनायो, अब आत्मनिर्भर बनाउन उत्पादनमा जु्टनु पर्छ ।’
अध्यक्ष दिनेश सीले युवा संगठन नेपालले श्रमलाई सम्मान गरौं,उत्पादनलाई बढाऔं, हिमाल,पहाड,तराई बाँझो जमिन जोतौं भन्ने मुलनाराका साथ स्याउका बिरुवा रोपन सुरुवात गरेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]