खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध

२०८१ फाल्गुन १२ गते, सोमबार


काठमाडौँ । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-किमाथाङ्का सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ । आज बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले जानकारी दिए । उनका अनुसार ढुङ्गा खसेपछि उक्त सडक अवरुद्ध भएको हो ।
सदरमुकाम खाँदबारीबाट १०९ किलोमिटरको दूरीमा रहेको सो स्थानमा पहिरो खसेको हो । पहिरो खसेपछि भोटखोला खाँदबारी आउने तथा खाँदबारीबाट गएका सवारीसाधन पनि बाटोमै थन्किएका छन् । पहिरोले करिब ३० मिटर सडक पुरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार