भाषाविद् चूडामणि गौतमको निधन

२०८१ फाल्गुन १३ गते, मंगलवार


काठमाडौँ । भाषाविद् चूडामणि गौतमको ८१ वर्षको उमेरमा सोमबार काठमाडौंमा निधन भएको छ । पारिवारिक स्रोतका अनुसार उनको सोमबार साँझ उपचारका क्रममा निधन भएको हो । गौतमले लेखेको अंग्रेजी भाषाको ग्रामर प्रख्यात छ । अंग्रेजी भाषालाई पृष्ठभूमि बनाएका गौतमले पछिल्लो समय नेपाली भाषामा पनि योगदान गरे । गौतमले ०७९ भदौ ११ गते ‘बृहत्तर नेपाली शब्दकोश’ विमोचन गरेका थिए । त्यसअघि गौतमले ‘विवादित वर्णविन्यासको नेपाली शब्दकोश’ पनि सार्वजनिक गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज विश्व अण्डा दिवस

२०८२ आश्विन २४ गते, शुक्रबार

आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २४ गते, शुक्रबार

आज विश्व दृष्टि दिवस

२०८२ आश्विन २३ गते, बिहीबार