राजविराज बन्द

२०८१ फाल्गुन १८ गते, आईतवार


काठमाडौँ । राजविराज पीडित संघर्ष समितिले राजविराज नगर स्थापना हुँदा नगरपालिकाले दिएको जग्गाको रसिदमा बिटौरी लेखिएको र वर्षौं बितिसक्दा पनि सो जग्गाको लालपुर्जा सरकारले नदिएको भन्दै राजविराज बन्द गरेको छ। संघर्ष समितिका संयोजक इर्साद अन्सारीले औषधि पसलबाहेक सबै पसल बन्द गराएको बताए। आइतबार १ बजेसम्मका लागि बजार बन्द गराएको उनको भनाइ छ।
संघर्ष समितिले नगरको करिब ६८ बिघा क्षेत्रफलमा बिटौरी तथा ब्लक जग्गामा पुस्तौदेखि बसोवास गर्दै आएका करिब ५२ सय परिवारले अहिलेसम्म लालपुर्जा पाउन नसकेको भन्दै अविलम्ब लालपुर्जा उपलब्ध गराउनुपर्ने माग सरकारसँग राखेका छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज विश्व अण्डा दिवस

२०८२ आश्विन २४ गते, शुक्रबार

आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २४ गते, शुक्रबार

आज विश्व दृष्टि दिवस

२०८२ आश्विन २३ गते, बिहीबार