रमजान शुरु

२०८१ फाल्गुन १८ गते, आईतवार


काठमाडौँ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान मुबारक महिना आजदेखि शुरु भएको छ । यो पर्व एक महिनासम्म निराहार बसेर मनाइन्छ । सूर्योदय हुनभन्दा पहिले, बिहान नमाज पढ्नुअघि केही खानेकुरा खाएर शुरु गरिने रोजा (उपवास) साँझपख नमाजको अजान सुनेर खोल्ने चलन रहेको छ ।
रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै परिवर्तन भइरहन्छ । रोजा बस्दा बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि आहार लिनु पर्दछ ।
उर्दू क्यालेण्डरअनुसार हिजरी संवत्को रमजान महिना नवौँ महिना हो । रमजान महिनामा मुसलमानहरूको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको र यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइएको छ ।
शरीरलाई शुद्ध पारेर रोजा बस्दै गरिबलाई दान दिनु र दुःखीको सेवा गर्नु, जकात निकाल्नु रमजान महिनाको विशेषता हो । यस्तै गर्भवती, बिरामी, नाबालकलाई भने रोजा बस्न अनिवार्य गरिएको छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज बकर इद

२०८२ जेष्ठ २५ गते, शनिबार

आज मौसम सफा रहने

२०८२ जेष्ठ २४ गते, शुक्रबार

डाँका समूहद्वारा एक जनाको हत्या !

२०८२ जेष्ठ २४ गते, शुक्रबार