अमेरिकाबाट निष्कासित ८ नेपाली काठमाडौँ आइपुगे

२०८१ फाल्गुन २१ गते, बुधबार


काठमाडौँ । अमेरिकाले निष्कासन गरेका ८ जना नेपाली काठमाडौं आइपुगेका छन्। नेपाल फिर्ता हुने नेपालीहरूमा सुष्मा घर्ती, लक्ष्मण कलेल, सुकुमार पुन मगर, हिमाल विक, मोहन गौतम, टोपबहादुर घर्ती, कमलप्रकाश ओली र तीर्थबहादुर थापा रहेका छन्। उनीहरू जीआरपी-२३ चार्टर विमानमार्फत आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
आठ नेपालीमध्ये केही गैरकानूनी रूपमा अमेरिका बस्दै आएका थिए भने केही अमेरिकी अध्यागमन कानून उल्लंघन गरेका कारण निष्कासनमा परेका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अवैध आप्रवासी फिर्ता पठाउने नीतिअनुसार उनीहरूलाई नेपाल फर्काइएको हो। भारत लगायत अन्य देशका अवैधानिक आप्रवासीहरूलाई समेत उनीहरूको देश फर्काइरहेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले निष्कासनमा परेका नेपालीलाई प्रहरीको जिम्मा लगाएको छ। उनीहरूलाई चार्टर्ड विमानमै ल्याइ बुधबार बिहान नेपाल छाडिएको थियो। विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईका अनुसार ८ जनालाई प्रहरीको जिम्मा लगाइएको छ। उनीहरू मानव तस्करीमार्फत अमेरिका पुगेका हुनसक्ने आशंकामा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले उनीहरूसँग सोधपुछ गरिरहेको छ। अनुसन्धानपछि उनीहरूलाई परिवारको जिम्मा लगाउने तयारी गरिएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज बकर इद

२०८२ जेष्ठ २५ गते, शनिबार

आज मौसम सफा रहने

२०८२ जेष्ठ २४ गते, शुक्रबार

डाँका समूहद्वारा एक जनाको हत्या !

२०८२ जेष्ठ २४ गते, शुक्रबार