नक्कली घुमुवा प्रहरी पक्राउ

२०८१ फाल्गुन २४ गते, शनिबार

काठमाडौँ । नक्कली प्रहरी बनेर धम्क्याउँदै रकम असुल गर्ने गरुडा नगरपालिका- ८ का शेख सदरे आलम पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवं सूचना अधिकृत दिपककुमार रायका अनुसार आलम आफूलाई घुमुवा प्रहरी (गुप्तचर) बताउँदै किसानलाई मलखाद रोक्ने तथा विभिन्न डर देखाएर पैसा असुल गर्दै आएका थिए । यसबारे सूचना प्राप्त भएपछि बिर्ता प्रहरी चौकीबाट खटिएको टोलीले उनलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।
हाल जिल्ला प्रहरी कार्यालय रौतहटमा उनीमाथि आवश्यक अनुसन्धान भइरहेको रायले बताए। प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै, कुनै पनि व्यक्तिले आफूलाई प्रहरी बताउँदै रकम असुली गर्न खोजेमा तुरुन्तै नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज बकर इद

२०८२ जेष्ठ २५ गते, शनिबार

आज मौसम सफा रहने

२०८२ जेष्ठ २४ गते, शुक्रबार

डाँका समूहद्वारा एक जनाको हत्या !

२०८२ जेष्ठ २४ गते, शुक्रबार