उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

२०८१ फाल्गुन २५ गते, आईतवार


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको र जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।
महाशाखाले आज आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ । यी तीन प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात, कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार