होलीमा अमर्यादित कार्य नगर्न चेतावनी

२०८१ फाल्गुन २८ गते, बुधबार


काठमाडौँ । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले मर्यादित र सभ्य भएर होली पर्व मनाउन सबैमा अनुरोध गरेका छन्। काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले उच्छृङ्खल र तडकभडक नभई शान्तिपूर्ण रूपमा पर्व मनाउन सबैमा अनुरोध गरेका छन। शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैझगडा, मादक पदार्थको सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्तिमा खलल काम नगर्न भनिएको छ।
यस्तै कसैको इच्छाविपरीत रङ एवं पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबर्जस्ती रङ दल्ने काम नगर्न पनि तिनै जिल्लला प्रशासन कार्यालयले अनुरोध गरेका छन्। अनुरोधलाई अटेर गरेमा सामाजिक व्यवहार (सुधार) ऐन अनुसार कारबाही हुने चेतावनी दिइएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज बकर इद

२०८२ जेष्ठ २५ गते, शनिबार

आज मौसम सफा रहने

२०८२ जेष्ठ २४ गते, शुक्रबार

डाँका समूहद्वारा एक जनाको हत्या !

२०८२ जेष्ठ २४ गते, शुक्रबार