अन्तर्राष्ट्रिय खुसियाली दिवस मनाइँदै

२०८१ चैत्र ७ गते, बिहीबार

काठमाडौँ । आज मार्च २० , अन्तर्राष्ट्रिय खुसियाली दिवस । संयुक्त राष्ट्र सङ्घ महासभाले सन् २०१२ जुलाई १२ मा प्रत्येक मार्च २० लाई अन्तर्राष्ट्रिय खुसियाली दिवस मनाउने घोषणा गरेको थियो । संसारभरिका मानव जीवनमा खुसी र कल्याणको महत्वलाई सार्वभौम लक्ष्य र आकांक्षाका रूपमा पहिचान गर्दै दिवस मनाउने घोषणा गरिएको हो । यो दिवस मनाउने सङ्कल्प भुटानले सुरु गरेको हो । भुटानले सन् १९७० को दशकको सुरुदेखि नै राष्ट्रिय आयको तुलनामा राष्ट्रिय खुसीको महत्त्वलाई पहिचान गरेको थियो । साथै राष्ट्रिय खुसीलाई लक्ष्यको रूपमा अपनाएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु