वडाध्यक्ष गुरुङसहित ३ जना पक्राउ

२०८१ चैत्र १८ गते, सोमबार


काठमाडौँ । जिल्ला प्रहरी कार्यालय लमजुङले बेंसीसहर नगरपालिका वडा ९ का वडाध्यक्ष खुशीजङ गुरुङलगायत विशाल अधिकारी र मोहन तामाङ पनि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराले उनीहरुलाई आइतबार बिहान पक्राउ गरिएको जानकारी दिए। प्रहरीले उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ।
अभद्र व्यवहार गर्न नहुने कसुरमा गत फागुन २५ गते मुद्दा दर्ता भएपछि उनीहरु फरार भएका थिए । आइतबार उनीहरु स्वयम् प्रहरी कार्यालयमा पुगेकोमा प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको डीएसपी बोहराले बताए । अध्यक्ष गुरुङविरुद्ध गत वर्ष पनि अभद्र व्यवहार कसुरमा मुद्दा परेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज हरि बोधिनी एकादशी

२०८२ कार्तिक १६ गते, शनिबार

बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

२०८२ कार्तिक १५ गते, शुक्रबार

विश्व सहरीकरण दिवस मनाइँदै

२०८२ कार्तिक १५ गते, शुक्रबार